काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक बुधबार (आज) दिउँसो ४ बजे बस्दैछ ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनले कार्यदल बनाएको छ । आजको बैठकमा सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा ठोस छलफल हुने छ ।

आज बस्ने बैठकमा यी लगायतका विषयमा थप छलफल हुने कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुष्णप्रसाद सिटौला संयोजक रहनुभएको ११ सदस्यीय कार्यदलमा कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका देव गुरुङ, वर्षामन पुन, एकीकृत समाजवादीका डा. वेदुराम भुषाल र प्रमेश हमाल हुनुहुन्छ ।

यसैगरी, जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

सम्बन्धित खबरहरु