काठमाडौं । बुटवलको होटलमा एक पुरुषसहित मृत भेटिएकी पुष्पा पुनमगरबारे थप नयाँ खुलासा भएको छ ।

आइतबार राति उनी मृत फेला परेकी थिइन् । जानकारी अनुसार ३३ वर्षीया पुष्पा एक महिनादेखि घरमा सम्पर्कविहीन भएको खुलेको छ ।

मगर नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेर हराएकी हुन् । घरबाट निस्केर माइतमा नपुगेको थाहा पाएपछि उनी हराएको भन्ने कुरा बाहिर आयो ।

त्यसपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमानले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध समेत गर्नुपरेको थियो ।

बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा पुष्पा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी थिइन् ।

तर अर्को दिन दुवैजना मृत भेटिए । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा संलग्न थिए । उनी सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेको खुलेको छ ।

श्रीमान विदेश भएकी पुष्पा एक पुरूषसँगै होटलमा मृत भेटिइन्

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पुष्पा असार अन्तिममा साउन बार्न भनेर नेपालगञ्जबाट दाङको सतबरिया माइत हिंडेकी थिइन् ।

तर माइत नपुगेपछि उनी हराएको खबर बाहिर आयो । त्यसपछि श्रीमानले श्रीमती हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका थिए ।

तर प्रहरीमा निवेदन परेको भने थिएन् । कोठा नम्बर १३४ मा बसेका उनीहरुले आफूहरु श्रीमान–श्रीमती भएको बताएका थिए ।

होटलका सञ्चालक बासुदेव लामिछाने मगरका अनुसार ठेगाना बुटवल उपमहानगरपालिका–४ उल्लेख भयो । सोमबार बिहान ५ नबज्दै सीताराम एक्लै होटलबाट निस्कन पनि खोजेका थिए ।

तर श्रीमान श्रीमती भनेर बसेपछि एक्लै निस्कनु राम्रो हुँदैन भनेर बासुदेवले कोठामै फर्काए । बिहान ९ बजेसम्म पनि पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि तनाव सिर्जना भयो ।

त्यसपछि प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा दुईजना मृत अवस्थामा थिए । उक्त कोठामा रहेको बेडका तन्ना र टाबेलमा रगत पनि लागेको छ ।

जसकारण, सीतारामले पुष्पाको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । भुजेल र महिलाबीच कहिले कसरी भेट भयो भन्ने कुरा कुनै रहस्य भन्दा कम छैन् ।

मोबाइल समेत नचलाउने पुष्पाले कसरी सीतारामसँग चिनजान गरिन भन्ने कुरा कसैले बुझ्न सकेका छैनन् । अर्कोतिर, पुष्पाका माइती पक्ष जाहेरी दिने तयारीमा छ ।

उनका श्रीमान् युएईबाट आएपछि पोस्टमार्टम हुनेछ । दुबैजनाको शब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ । विवाहेत्तर सम्बन्धका कारण नै उनीहरुको ज्यान गएको धेरैको बुझाई छ ।

सम्बन्धित खबरहरु