काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन देशद्रोही भएको बताउनु भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्तो बताउनु भएको हो ।

उहाँको नजरमा गठबन्धन नराम्रो मात्रै नभएर देशद्रोही पनि हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘एमसीसीलाई चिठी लेख्छ, लेखेको छैन । आइसक्यो । त्यस्तो त होइन, लेखेको थियो भन्छ ।’

गठबन्धन नेताहरुको जहान र परिवारका लागि मात्रै भएको आरोप पनि उहाँले लगाउनुभयो । तर एमालेको उद्देश्य पृथक रहेको ओलीको भनाई रहेको छ ।

नेपाली कांग्रेस गठबन्धनबिना उभिनै नसकिने अवस्थामा पुगेको पनि उहाँले बताउनुभयो । कांग्रेसले प्रजातन्त्र छोडेको तर्क गर्दै उहाँले भन्नुभयो, ‘प्रजातन्त्र सजातन्त्र सिद्धियो, गठबन्धन मात्रै भन्छ ।’

सम्बन्धित खबरहरु