काठमाडौं । इजरायलले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको छ ।

भूमध्यसागरीय मुलुकहरूबीच वर्षौंदेखि जारी तनावपूर्ण सम्बन्धपछि इजरायलका प्रधानमन्त्री याइर लापिडको कार्यालयले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको हो ।

“दुई देशबीचको सम्बन्धलाई पूर्ण कूटनीतिक सम्बन्धको स्तरमा पु¥याउने र दुई देशका राजदूत तथा महावाणिज्यदूतलाई फिर्ता गर्ने निर्णय भएको छ,” प्रधानमन्त्री लापिडद्वारा हस्ताक्षरित बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २००८ मा गाजामा इजरायली सैन्य कारबाहीपछि चिसिएको सम्बन्ध सुधारका लागि महिनौँदेखिको द्विपक्षीय प्रयासपछि यो घोषणा गरिएको हो ।

सन् २०१० मा गाजामा सहायता लिएर नाकाबन्दी तोड्ने प्रयास गरिरहेको टर्कीको माभी मारमारा जहाजमा इजरायली आक्रमणमा १० जना सर्वसाधारणको मृत्यु भएपछि सम्बन्ध चिसिएको थियो ।

मेलमिलापका लागि सन् २०१६ मा भएको सम्झौता अन्तर्गत दुवै देशले आफ्ना राजदूतहरूलाई पुनः पठाउन सहमति गरिएको थियो ।

तर, सन् २०१८÷०१९ मा २०० भन्दा बढी गाजावासीहरूलाई इजरायली सेनाले सीमा प्रदर्शनको क्रममा गोली हानी हत्या गरेपछि सम्झौता विफल बनेको थियो ।

सम्बन्धित खबरहरु