काठमाडौं । पछिल्लो समय तीज गीतको नाममा विकृती फैलिएको अश्लीलता भित्रिएको गुनासो बढिरहेको थियो ।

तर केही तीज गीति यति राम्रा छन् जसले समाजलाई गतिलो सन्देश दिने गर्छ समाजका गलत पात्रलाई सचेत बनाउँने गर्दछ ।

रितु कँडेल र बुनु श्रेष्ठको स्वर रहेको तीज गीतपनि अत्यन्तै सन्देश मुलक बनेको छ । देशमा भ्रष्ट्राचार बढिरहेका बेला यो भिडियोले भ्रष्ट्राचार न्युनिकरणका लागि राम्रो सहयोग गर्ने देखिन्छ ।

सुवासचन्द्र ढुंगेल अफिसिएल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा सरकारी कर्मचारीले घुख नखाएसम्म जनताको काम गर्न नै आलटाल गरेको देखाइन्छ ।

घुसको बिटो पक्रिएपछि फटाफट काम हुन्छ । घुसको पैसाबाट श्रीमतीलाई गरगहना किनेर कर्मचारी घर जान्छन् । घरमा पुगेपछि श्रीमतीले कालो धन कमाएर किन्यौँ भने नौगेडी, यो छातीमा साह्रै–साह्रै बिझाउँछ मेरो राजा भन्दै गीतका शब्दहरु सुरु हुन्छन् ।

इमानको कमाईले किनेको त्यो पोते बरु, यो ज्यानमा साह्रै–साह्रै सुहाउँछ मेरो राजा भनिएका शब्दले घुस लिने कार्य घ्रिणा जनक छ भनेर श्रीमतीले भनेको देखाइन्छ ।

पसिनाको कमाई मात्र मिठो हुन्छ, जोडेको सम्पत्तिको स्रोत खुल्न जरुरी छ भनेर गीतमा भनिएको छ । नेपालमा भ्रष्ट्राचार देशविरुद्धको अपराध भएपनि मौलाएको अवस्था छ ।

परिवारका सदस्यका कारण मानिसले घुस लिन्छन् भन्ने अध्ययनले देखाउँछ । परिवारका सदस्यले नै घुसको रकम इन्कार गर्ने, घुस लिने कार्यलाई घृणा गरिए कमि हुन्छ भन्ने अनुशन्धानले देखाउँछ । यो मर्मलाई यो गीतले अत्यन्तै न्याय गरेको छ ।

सुवासचन्द्र ढुङ्गेलको शब्द रचना रहेको गीत चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाले सार्वजनिक गरेका छन् । विनोदराज ढुङ्गेलको संगीत रहेको गीतको म्युजिक भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन् । म्युजिक भिडियो अन्यभन्दा निक्कै फरक छ ।

तीजको यो गीतले महिलाले चाहेमा भ्रष्टाचार नियन्त्रणमा ठूलो भूमिका खेल्न सक्ने सन्देश दिएको छ ।

https://www.youtube.com/watch?v=P7aQQIYHVVw

ऋतु कँडेलले यस अघिपनि ‘कहाँ हो तिम्रो मावल ?’ गीत ल्याएकी थिइन् । नेपाली सांगीतिक क्षेत्रमा उनको शसक्त उपस्थिती रहेको छ ।

गायिका कँडेलले ‘कहाँ हो तिम्रो मावलः’ बोलको गीत रोइला भाकामा छ ।

आफ्नै युट्युब च्यानल ऋतु कँडेलमार्फत् सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियोमा गायिका कँडेलसँगै गायक शिरीष देवकोटाको स्वर रहेको छ। शब्द तथा संगीत देवकोटाको छ। नेपालमा ठट्यौली शैलीको रोइला भाका धेरैले रुचाउने गर्छन्।

काजीस श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक‚ गायिकासँगै मोडल अञ्जली अधिकारी र लोमस शर्माले अभिनय छ।

https://www.youtube.com/watch?v=PZbDeWM-qmU

ऋतु कँडेलले गत बर्ष आफ्नै शब्द र स्वरमा अली अली लजाउदै बोलको तीज गीत ल्याएकी थिइन् । उक्त गीतलेपनि भरपुर मनोरञ्जन र सन्देश दिएको छ ।

https://www.youtube.com/watch?v=AmzqR_1-JnE

सम्बन्धित खबरहरु