रमल्लाह, १ भदौ, (रासस-सिन्ह्वा) – उत्तरी वेस्ट बैंक शहर नाब्लसमा इजरायली सेनासँगको झडपमा बिहीबार एक प्यालेस्टिनीको मृत्यु हुनाका साथै ३० जना घाइते भएको चिकित्सक एवं प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा १८ वर्षीय वासिम खलिफालाई इजरायली सैनिकले छातीमा गोली हानेका थिए । नाब्लस अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको बताइएको छ ।

File Photo

खलिफाको हत्याको बारेमा इजरायलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। त्यस क्षेत्रमा दर्जनौं प्यालेस्टिनी प्रदर्शनकारीहरू र इजरायली सैनिकहरू बीच झडप भएको थियो ।

प्यालेस्टिनीहरूलाई तितरबितर पार्न अश्रुग्यास, रबरको गोली लगायत अन्य घातक गोली समेत प्रहार गरिएको बताइएको छ ।

सम्बन्धित खबरहरु