वल्ड चिल्ड्रेन अनररी अवार्डबाट सम्मानित इन्दिरा राना मगरको स्वदेश प्रशंसा (भिडियो सहित)

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १८ माघ, २०७१

वल्र्ड चिल्ड्रेन फाउण्डेसनद्वारा प्रदान गरिने वल्र्ड चिल्ड्रेन अनररी अवार्डबाट सम्मानित इन्दिरा राना मगरलाई महिला मगर संघ युकेले सम्मान गरेको छ । आइतबार राजधानिको होटल हार्दिकमा आयोजित विशेष सम्मान कार्यक्रममा संघले प्रशंसा पत्र सहित एक लाख ७ हजार ६ सय ७५ हजार रुपैयाबाट सम्मान गरेको हो । वन्दिका बालबालिकाहरुलाई संरक्षण, पोषणका साथै गुणस्तरीय शिक्षा दिएको कार्यको योगदान स्वरुप महिला संघ मगरले सम्मान गरेको जनाइएको छ । बन्दी सहायता नेपाल नामक संस्था खोलेर नेपालको बाल अधिकारको क्षेत्रमा मगरले पु¥याएको योगदान सदैव कदर गर्नुपर्छ उहाँको कार्य प्रशनीय छ महिला मगर संघ युकेकी अध्यक्षले बताईन् ।

Indira ranamagar 3

ईन्दिरा रानागरलाई अक्षय कोष हस्तान्तरण गर्दै

इन्दिराले पु¥याएको योगदान केबल नेपालीले मात्र हैन विश्वले नै सम्मान प्रकट गरिरहेकाले जात र समुदाय विशेषले मात्र सम्मान हैन सबै मानव जातिले सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सम्मान गरिएको अध्यक्षको भनाई थियो । सम्मानित मगरले आफुले पाएको आर्थिक सहयोग बन्दीकै सन्ततीका लागि खर्च गर्ने बाँचा गरिन् । उनले भनिन् आफुलाई प्राप्त रकम झापाको कारागारमा आफ्नो संस्थाले बनाउदै गरेको बालबालिकाको दिवा संरक्षण (डे केयर) का लागिखर्च गर्नेछु । यसबाट बन्दीका सन्ततीलाई अध्ययन अध्यापनमा सहज वातावरण सिर्जना हुनेछ । बन्दी सहयाता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरले गत अक्टोबरमा स्वीडेनमा भएको वल्र्ड चिल्ड्रेन फाउण्डेसनमा अनररी अवार्डले सम्मानित भएकी थिईन् ।

Indira ranamagar

उनी सँगै पाकिस्तानको आतंकवादी हमलामा परेकी नोवेल पुरस्कार विजेता मलाला वल्ड चिल्ड्रेन अवार्डबाट पुरस्कृत भएकी थिइन् भने, विश्वभर बालबालिकाका लागि रुम टु रिड पुस्तकालय स्थापना गरेका अमेरिकाका जोन उड अनररी अवार्डबाट सम्मानित भएका थिए ।

20150201_141900

मगरद्वावार सञ्चालित बन्दी सहायत (पिए) नेपालले ४ सय जना बन्दीका बालबालिकाहरुलाई पालन पोषण तथा गुणस्तरीय शिक्षा दिइरहेको छ । पिए नेपालको काठमाडौ स्थित नयाँ बजार र साँघुमा बालगृह सञ्चालनमा छ ।

जहाँ जुनकीरी नामक विद्यालय स्थापना गरेर बन्दीका बालबालिकाहरुलाई शिक्षा प्रदान गरिरहेको छ । त्यसैगरी झापामा पनि जुनकीरी स्कुलले शिक्षामा योगदान पुर्याइरहेको छ ।

झापा जिल्लामा बालबालिकाका लागि डे केयर स्थापना गरेको छ भने, पाल्पा र भत्तपुरमा युवा सिप र सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

साथै छोरी शिक्षा अभियान अन्र्तगत विपन्नका छोरीहरुलाई शिक्षाको उज्यालो ज्योति प्रदान गरिरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=K-J1LoZJFY0&feature=youtu.be

https://www.youtube.com/watch?v=lSskY_i-oFM&feature=youtu.be

20150201_151656 20150201_151709

सम्बन्धित खबरहरु