काठमाडौं । अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ चलचित्रलाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् ।

निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच सम्झौता नै भइसकेको छ । मुम्बईमा दुई बीच नेपाली चलचित्र ‘सायरा’ मा सहकार्य गर्ने सम्झौता भएको हो ।

बलिउडको उहाँको अनुभवले नेपाली चलचित्रको मेकिङ उत्कृष्ट हुने विश्वास छ ।

उहाँले हामीलाई गर्नु भएको विश्वासले निकै खुशी मिलेको छ’ मुम्बईमा रहेका निर्माता रघुले भने ।

निर्देशक देसाईले पनि नेपाली चलचित्र गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ ।

सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली चलचित्रको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ’ निर्देशक देसाईले भने । उनी अहिलेसम्म नेपाल नआएता पनि नेपाली जीवनशैलीसँग परिचित रहेको प्रतिक्रिया दिए ।

 

सम्बन्धित खबरहरु