काठमाडौं । झरना थापाको चौंथो निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’को शिर्षक घोषणा गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले सार्वजनिक गरेको टिजरमा चलचित्र २०८० सालको बैशाख १ गते प्रदर्शन हुने उल्लेख छ ।

सार्वजनिक टिजरमा भने अभिनेत्री सुहाना थापा मात्र फिचर छिन् । टिजर जानकी मन्दिरमा खिचिएको हो ।

टिजरमा सुहाना थापा देसी लूकमा देखिएकी छिन् । भोजपुरी संगीत र टोन प्रस्तुत गरिएको छ ।

सुहाना मन्दिरबाट शीरमा आगो बलिरहेको मट्का बोकेर खुशी मुद्रामा कुद्दै बाहिर निस्किएकी छन् । तर, बाहिर निस्किएपछि उनी अचानक भावुक हुँदै गहभरी आँशु बनाउँछिन् । वलिद्र धारा चुहाउछिन् ।

उनको यी दुई भिन्न भावले चलचित्रप्रति कौतुहलता जगाउँछ । सुहानाको अनुहारको वर्ण हेर्दा उनले निर्वाह गर्ने चरित्रले मधेशी समुदायको प्रतिनिधित्व गर्ने आँकलन गर्न सकिन्छ । उनले लगाएको पहिरन प्राचीन शैलीको छ ।

सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहने चलचित्रको यतिबेला निर्देशक झरना थापा स्क्रिप्टलाई फाइनल गर्नमा व्यस्त छिन् ।

दशैंअघि चलचित्रको छायांकन हुने सम्भावना न्यून छ । अन्तरजातीय प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रको छायांकन जनकपुर क्षेत्रमा हुने बताइएको छ ।

निर्देशक थापाले ‘भगवत् गीता’लाई ‘ए मेरो हजुर २’ प्रदर्शनपछि नै निर्माण गर्न लागेकी थिइन् । तर, वितरक र दर्शकहरुको माग अनुरुप उनले ‘ए मेरो हजुर’कै सिरिजलाई अगाडि बढाइन् ।

‘भगवत् गीता’मा अहिलेसम्म झरना पुत्रि सुहाना मात्र फाइनल छिन् । उनको अपोजिटका लागि निर्माण टिमले नायकको खोजी गरिरहेको छ । चलचित्रलाई सुनिल कुमार थापा एक्लैले निर्माण गर्नेछन् ।

https://www.youtube.com/watch?time_continue=132&v=R8IDSIuwP5A&feature=emb_title

सम्बन्धित खबरहरु