काठमाडौं । फेसन शो आयोजना गर्ने कम्पनहरु मध्ये अगाडि आउने नाम हो ढाका इभेन्ट । २०७५ सालदेखी संचालनमा आएको यो इभेन्ट कम्पनिले थुप्रै फेसन शो तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ढाकाले नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’को आयोजना गरेको थियो ।

जसमा नेपालका चर्चित मोडल तथा अभिनेत्रीहरु परमिता राणा, अस्मि श्रेष्ठ, करुणा श्रेष्ठ, सबिता कार्की सृजना रेग्मी लगायतलाई सहभागी गराइएको थियो । मोडलहरुले पन्चेबाजामा र्याम्प गरेका थिए भने डोलिमा बसेर समेत शो गरिएको थियो ।

ढाका इभेन्टले ढाका ब्राइडल रनवेसंगै ‘ढाका रनवे युथ’, ‘दसै मेला’, ‘मिलानो रनवे’, ‘ढाका रनवे’, ‘ढाका एनिभर्सरी रनवे’ लगायत शो हरु आयोजना गर्दै आइरहेको छ भने नेपालका टप डिजाइनरहरुलाई ढाकाले आफ्नो शोहरुमा समावेश गर्ने गरेको छ । जुन ढाका इभेन्टको सिरिजको रुपमा प्रत्येक वर्ष नयाँ-नयाँ ढङ्गले आयोजना गर्नेगर्छ ।

सुजु पाण्डे र रिस्सत रहमान संचालक रहेको ढाकाले फेसन शो मात्रै हैन विवाह, ब्रतबन्द प्लानिङ लगायतका ब्यवस्थापनको कार्यहरु समेत गर्दै आइरहेको छ ।

छोटो समयमा आफुलाई उत्कृष्ट र सफल सावित गरेको ढाकाले गएको महिना मात्रै काठमाडौको क्लब फरेनहाइटमा ‘मिलानो रनवे’ फेसन शोको आयोजना गरेको थियो । जसमा अभिनेता आकाश श्रेष्ठ शो टपरको रुपमा प्रस्तुत भएका थिए ।

यस्तै केही अघि यो कम्पनीले ‘ढाका रनवे’ आयोजना गरेको थियो । ढाका रनवे युवा सशक्तीकरणलाइ प्राथमिकता दिएर कर्पोरेट लेभलको कार्यक्रम तथा फेसन शो को आयोजना गरिएको हो ।

विभिन्न एनजिओ तथा आइनजिओका पदाधिकारीहरुको समेत सहभागीतामा आयोजना भएको ढाका रनवे मा ढाकाको गुन्यु चोलोलाई आधुनिक तवरले डिजाइन गरेर प्रस्तुत गरेर मोडलहरुले प्रस्तुत गरेका थिए ।

यो रनवेको शो टपरको रुपमा मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र अभिनेता निस्चल बस्नेत रहेका थिए । अब भने यो कम्पनीले फरक शैलीमा सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको छ ।

‘ढाका फेस’ नाम दिइएको यो प्रतियोगिता फरक र बृहत तवरले आयोजना गर्न लागिएको ढाकाका संचालक सुजु पाण्डेले बताइन् । यो सौन्दर्य प्रतियोगिताको बिजेतालाई आयोजकले भरपुर अवसरको प्रदान गर्ने बताइएको छ । ‘ढाका फेस’ का लागी चाडैं काठमाडौको विभिन्न स्थानमा अडिसन गर्न लागिएको छ ।

साँस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रबर्धन गर्ने उद्देश्यले ढाका फेसको अवधारणा ल्याइको र ढाका नेपालको राष्ट्रिय पहिरन समेत रहेको हुनाले ढाकालाई प्राथमिकता दिएर कम्पनीको नाम र हरेक कार्यक्रममा ढाका जोडिएको आयोजक पाण्डेको भनाइ छ ।

सम्बन्धित खबरहरु