
काठमाडौं । कोरियोग्राफर रेनशा बान्तवा राई आमा बनेकी छिन् । चर्चित डान्स कोरियोग्राफर, फिल्म निर्देशक तथा डान्सिङ स्टार्स नेपालको निर्णायक समेत रहनु भएकी राई आमा बन्नु भएको हो ।
उहाँले जुम्ल्याहा सन्तानलाई जन्म दिनु भएको छ । उहाँले शुक्रबार (आज) बिहान सात बजे नर्भिक अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएको परिवारले जानकारी दियो ।
तपाईंलाई जानकारी गराउ कि तीन वर्षअघि रेनशाले निर्माता प्रज्वल राणासँग बिहे गर्नुभएको थियो । बिहेअघि रेनेशा र प्रज्वल लामो समय प्रेम सम्बन्धमा समेत रहेका थिए ।
जुम्ल्याहा सन्तानलाई जन्म दिंदै चर्चित कोरियाग्राफर निर्देशक रेनशा
रेनशा निर्देशित फिल्म ‘आईएम ट्वान्टी वान’ पनि रिलिजको तयारीमा छ । धीरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई आगामी फागुनमा रिलिज गर्ने तयारी छ ।
उनका अनुसार परिवार नै उनको पहिलो प्राथमिकता हो । तत्काल रिलिजको स्थिति पनि ठीक छैन ।
ढिलो आएपनि फिल्मको कथावस्तुलाई फरक नपर्ने उनले बताएकी थिइन् । गर्भवती अवस्थामा पनि शोमा उपस्थित हुँदा उनको तारिफ भएको थियो ।