काठमाडौं । धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राई चिप्लिनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदा बोल्ने क्रममा उहाँले पदिय मर्यादा भन्दा बाहिर गएर बोल्नु भएको हो ।

उहाँले विरोधीहरुलाई कडा रुपमा हमला गर्नुभयो । बोल्दै जाने क्रममा उहाँले भन्नुभयो, ‘विशेष गरी यो लाइभ मेरा विरोधीहरुलाई हैं । तपाईंहरुको विरोधले हुन त के ख्यास्छ र, केही पनि ख्यास्दैन् ।

म त आफ्नो बाटोमा हिड्ने मान्छे हो । मेरो विरोधले चाँही तपाईंहरुलाई निकै पोल्दो रहेछ ।’ काठमाडौं उपत्यकाको फोहोर नउठ्दासम्म धरान मात्रै नभएर चारैतिरबाट प्रहार गर्नुपर्ने धारणा पनि मेयर राईले राख्नुभयो ।

शुक्रबार बिहान लाइभ आउनु भएका उहाँले पछिल्लो समय धरानमा पनि फोहोर व्यवस्थापन नभएको भनेर आएको समाचारलाई खण्डन गर्नुभयो ।

धरानमा फोहोरको समस्या भनेर आएको समाचारमा सत्यता नभएको भन्दै उहाँले फोहोर देखाउन चुनौती पनि दिनुभयो ।

धरानले फोहोर फाल्ने गरेको ठाउँको भिडियो बनाएर आफूलाई बद्नाम गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ल्यान्डफिल साइडमा गएछ । बाटो छेउछाउ, त कतै फोहोर छैन् । फोहोर फाल्नेलाई त हामी जरिवाना (फाइन) तिराइहाल्छौँ । शहरमा छैन, नि त । शहरमा फोहोर छैन् ।

अनी तल हामीले जहाँनेर पुर्याउछौँ नि, जस्तै काठमाडौंको बन्चरे डाँडा भन्छ, हामीले जहाँ पुर्याउँछौँ जंगलको बीचमा त्यहाँ गएर एउटाले फुटेज बनाएछ, अनी लगाएछ धरानमा पनि फोहोरको समस्या छ । कहाँ छ धरानमा फोहोर ? नहुने कुरा ।’ सामाजिक सञ्जालमा राईले पदिय गरिमा भुलेर गैर जिम्मेवार शब्द बोलेको भन्दै आलोचना भइरहेको छ ।

सम्बन्धित खबरहरु