काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन र कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको हो ।
उहाले माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न नसक्ने र परिवर्तनका बाहकहरुलाई पन्छाएर मुलुकको बिकास असम्भव रहेको जिकिर गर्नुभयो । अहिले संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थालेको उहाको भनाई छ ।
प्रचण्डले राष्ट्रलाई एकतावद्ध गरि सुशासन र बिकासलाई इमान्दारीपूर्वक रुपमा अघि बढाउन युवाहरुको एकतावद्ध सहभागीता अनिवार्य रहेको जिकिर गनुृभयो ।
प्रचण्डले पार्टीभित्र देखिएका बिचलनलाई सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न आग्रह गनुृभयो ।