काठमाडौं । नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय २१ पिसिआर परिक्षणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय ८७ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि, दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ जना सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख ३७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार नौ सय २६ रहेको थियो । बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै सङ्क्रमित भएको देखिएको थियो ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय ९२ जनाको अवस्था गम्भीर रहेको स्वाथ्य अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २२ बढी हो ।

पछिल्लो एक दिनमा कोरोनाका कारण दक्षिण कोरियामा ८३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या कोरियामा २५ हजार ८९६ पुगेको छ ।

सम्बन्धित खबरहरु