काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक बिमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताजतै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताउनुभएको हो ।

उहाले फोहरको दिर्घकालि समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहको जिकिर गर्नुभयो । शासन व्यवस्था फेरिएपनि मुलुकको अवस्था फेरिन नसकेको उहाको भनाई छ ।

त्यस्तै शर्माले युवाहरुले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राख्नुभयो ।

‘बनौँ संस्कारी’ नामक पुस्तक सार्वजनिक
बालबालिकालाई विद्यालयस्तरबाटै संस्कारयुक्त शिक्षा दिनुपर्छ भन्ने सन्देशसहित आज काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलमा ‘बनौँ संस्कारी’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, पुस्तकका लेखक डा राजु अधिकारी र स्कुलका संस्थापक निर्देशक तथा प्रिन्सिपल अन्जु भट्टराईले सो पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनमा असल र संस्कारी उम्मेदवारलाई छान्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “आगामी निर्वाचन सम्पन्न गर्न मलाई उत्साह र चिन्ता दुवै छ, देश र आफ्नो भाग्य र भविष्य कोर्ने आउँदो निर्वाचनमा तपाईहरुले असल, निष्ठावान इमान्दार व्यक्तित्वलाई छान्नुहोस् ।”

प्रमुख आयुक्त थपलियाले स्थानीय तहले आफ्नो ठाउँको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले गुम्दै गएको धर्म, संस्कृति, पूर्वीय संस्कार र मान्यतालाई जोगाउन यस्ता पुस्तक आवश्यक रहेको बताउनुभयो । मुटुरोग विशेषज्ञ डा कोइरालाले मानिसमा मानवीय गुण र संस्कार छैन भने जीवन सार्थक हुन सक्दैन भन्नुभयो । उहाँले संस्कार छैन भने पैसा र भौतिक सम्पन्नताले मात्रै जीवनमा सुख नआउने बताउनुभयो ।

पुस्तकका लेखक डा अधिकारीले वास्तविक रुपमा जीवन जिउने कलानै संस्कार भएको बताउनुभयो । उहाँले शिक्षामा जतिनै डिग्री हासिल गरेपनि संस्कार नभए त्यसको कुनै अर्थ नहुने भनाइ राख्नुभयो । प्रिन्सिपल भट्टराईले संस्कार छैन भने शिक्षाले पूर्णता पाउँदैन भन्नुभयो । उहाँले संस्कारले तर्क, विचार, सोच्न सक्ने क्षमता र बाँच्न सिकाउने ज्ञान दिने बताउनुभयो ।

सम्बन्धित खबरहरु