काठमाडौं । सिरियाको टर्कीसँग जोडिएको उत्तरी सीमामा पछिल्लो पटक भएका हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी एक संस्थाले शुक्रबार बताएको छ ।

कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेसमाथि टर्कीको सेना र उनीहरूका सिरियाली समर्थकविरुद्ध बढ्दो तनावको पृष्ठभूमिमा यो रक्तपात भएको हो ।

टर्कीको नियन्त्रणमा रहेको सिरियाली सेनाको नियन्त्रणमा रहेको सीमावर्ती शहर अल–बाबमा सिरियाली सरकारले शुक्रबार बिहान गरेको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

उक्त मानव अधिकारवादी संस्थाले भनेको छ, “आक्रमणमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् भने कम्तीमा ३० जना घाइते भएका छन् ।

कुर्दिश बहुल एसडीएफका एक प्रवक्ताले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । गोलाबारी एक व्यस्त बजार क्षेत्रमा भएको थियो । आक्रमणपछि स्थानीय बासिन्दाहरू आक्रमणमा परेका मानिसहरूको उद्धारमा खटिएका थिए ।

एएफपीका एक संवाददाताका अनुसार आक्रमणले बजार क्षेत्रमा क्षति पु¥याएको छ र शरीरका अङ्गहरू, छरिएका तरकारी हरू र ठेलागाडाहरू भत्किएका छन्। टर्की र सिरियाका कुर्दहरूबीच यसै साता टर्कीले गरेको घातक आक्रमणमा १७ जना सरकारी र कुर्द लडाकुको मृत्यु भएपछि टर्की र सिरियाका कुर्दहरूबीच हिंसा बढेको थियो।

उत्तरपूर्वी सिरियाको स्वायत्त कुर्द प्रशासनले शुक्रबार टर्कीको आक्रमणले हसाके शहर नजिकैको क्षेत्रमा बालिकाहरूको पुनःस्थापना केन्द्रमा आक्रमण भएको बताएको छ । अब्जरभेटरीका अनुसार उक्त केन्द्रमा भर्ना भएका चार जना बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

अङ्काराले एसडीएफको मुख्य घटक कूर्दलाई आतंकवादी संगठनको रूपमा मान्दछ जसको आफ्नै क्षेत्र भित्र कुर्द विद्रोहसँग जैविक सम्बन्ध छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हालै उत्तरी सिरियामा कुर्दहरूविरुद्ध व्यापक अभियान चलाउने चेतावनी दिनुभएको थियो । तर इरान र रुसबाट हरियो बत्ती प्राप्त गर्न असफल भएको ठानिएको छ । रासस

सम्बन्धित खबरहरु