काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत गिरीको स्वास्थ्य अवस्था गम्भीर भएको हो ।

अस्पतालका अनुसार गिरी क्यान्सरको अन्तिम चरणमा हुनुहुन्छ । उहाँको अवस्था गम्भीर छ ।

चिकित्सकका अनुसार गिरीलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन ।

उहाँ घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित हुनुहुन्छ । पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ ।

यसअघि भारतमा समेत उपचार गराउनु भएका गिरी झन्डै एकमहिनादेखि उपचारत हुनुहुन्छ ।

आजै दिउँसो कांग्रेस नेता बिमलेन्द्र निधि अस्पतालमै पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गर्नुभयो ।

यसबीच, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक गिरीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सभामुख सापकोटाले आज ट्वीटमार्फत विहिबार साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै सघन उपचारमा रहनुभएका उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

सम्बन्धित खबरहरु