काठमाडौं । विश्व चर्चित कम्पनी सामसङले ८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बनाउने भएको छ । अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको हो ।

कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नेपालमा टिभी निर्माण गर्न लागिएको हो ।

जानकारी अनुसार नवलपरासीको भूमे रोडमा सामसङ टिभीको फ्याक्ट्री आज (बुधबार) शिलान्यास भयो ।

आज नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गर्नुभएको हो ।

फ्याक्ट्रीले दैनिक एक हजारसम्म टिभी उत्पादन गर्न सक्नेछ । नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल पनि उत्पादन हुने उहाँले जानकारी गराउनुभयो ।

सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउने पनि उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु