काठमाडौं । ‘प्रवासमा नेपाली मजदुरी मात्र गर्दै छैनन्, सफल उद्यमी र देश कै नाम चम्काउँने’ काम गरिरहेका छन् । ’

त्यसको एक उदाहरण हुनुहुन्छ, ‘समाजसेवी, उद्यमी प्रदीप परियार थापा मगर र अधिकारकर्मी, अत्यन्तै सफल जीवन बनाउँन सफल डाक्टर विष्णुमाया परियार ’ ।

डाक्टर विष्णुमाया परियारको जस्तो अवसर र सफलता नेपालीलाई मात्र हैन, सहजै कसैलाई प्राप्त हुन सक्दैन । ’ आम नेपालीका लागि उहाँको सफलता एउटा गर्वको विषय छ । गर्वले चौडा छाती पारेर भन्नुपर्छ ‘अवसर पाए  नेपाली चेली पनि विश्वमा कोहीभन्दा कम छैनन्’ ।

झन् दक्षिण एसियाली मुलुकका दलित र नेपाली दलित समुदायमा महिलाका लागि डाक्टर विष्णुमाया परियार अमेरिकी स्कुलको पाठ्यक्रममा समेटिनु अपूर्व हर्ष, खुशी र गर्वको कुरा हो । ’

न्युजर्सी सिटीमा मेयरको सल्लहाकार समितिमा रहेर काम गरिसक्नुभएकी विष्णु सिटी सहरकी महिला आयोग सदस्यसमेत हुनुहुन्छ । न्युजर्सी राज्यको एसियन अमेरिकन र प्यासिफिक आइल्यान्डरकी कमिस्नर भएर काम गरिरहनुभएको छ । ’

उहाँ मात्र उदाहरण हैन । उहाँका श्रीमान प्रदीप परियार थापा मगरपनि विश्वका लागि एक उदाहरणीय पात्र हो । थापा मगर कसरी परियार हुनु भयो ? त्योपनि पुरुष ? ’

पुरुष प्रधान देशमा महिलाले विवाहपछि ‘श्रीमानको थर जोड्ने’ चलन छ । तर प्रदीपले विहे गरेपछि कानूनी रुपमा नै श्रीमतीको थर आफ्नो नामको पछाडि जोड्नुभयो । गुल्मी तम्घासका प्रदीप परियार थापा मगर । उहाँले बिहेपछि आफ्नो थर बदलेर पत्नीको थर राख्नुभयो, कानुनी रुपमा । यो ‘अन्तरजातीय विवाह र जातीय छुवाछुतविरुद्ध हुने भेदभाव र हिंसाविरुद्धको ठूलो क्रान्ति’ हो । ’

विश्वले नै यसलाई सहासी र उदाहरणय काम भनिरहेको छ । समाजको रोल मोडल बनेको प्रसंशा उहाँले पाउँनुभएको छ । उहाँ यसैपनि नेपालमा हैन, अमेरिकामा सफल व्यवसायी हो । उहाँले अमेरिकाको न्युजर्सी सिटीमा यू.एस.ए. एग्रो फर्म खोल्नुभएको छ । ’

कृषि उद्योगमा राम्रो सफलता पाउँनुभएको छ । अमेरिकाले नै प्रसंशा गर्नेगरी आफ्नो सफलतालाई चुल्याउँनुभएको छ । चर्चित पत्रकार, बृत्तचित्र निर्देशक गणेश पाण्डले आफ्नो अमेरिका भ्रमणका क्रममा प्रदीप परियार थापा मगरको कृषि उद्यमीको सफलता र डाक्टर बिष्णुको सफलतालाई सामाजिक सञ्जालमा तस्वीर सहित प्रसंशाका शब्द राख्नुभएको छ । ’

उहाँहरुलाई प्रसंशा गर्ने नेपालीहरु कयौँ हुनुहुन्छ । उहाँहरु दुबै समाजका रोल मोडललाई आफ्नो नीजि जीवनमा अझै थप सफलताको शुभकामना ! ’

 

सम्बन्धित खबरहरु