फार्न्ब्रो ३१ जनवरी २०१५ यहाँ स्थित नेपालीहरुको साझा संस्था ग्रेटर रशमूर नेपाली कमिनिटिको १२औ बैठक सम्पन्न ग्रयो।
उपाध्यक्ष ओम थापाको अध्यक्षता एवम महासचिव रोहित गुरुङ्द्वारा संचालित बैठकले बिभिन्न प्रस्ताब उपर गहन छलफल गर्दै निर्णय समेत ग्रयो ।
बैठकले संस्थाको ट्रश्टिमा कार्यसमितिका अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवान, उपाध्यक्ष द्वय ओम थापा र जिब बेल्बासे, महासचिव रोहित गुरुङ, सचिव नेम थापा, कोशाध्यक्ष रामधन राइ, सास्कृतिक सचिव छबिमाया पुन, सल्लाहाकारहरु मेजर रिटार्यड डमर घले, सूर्य गुरुङ( भूपू अध्यक्ष एन आर एन यू के ), क्याप्टेन रिटार्यड राजेन्द्रमान गुरुङ, भिम बानिया, सूर्य उपाध्याय लगायत १७ जना राख्ने र ट्रश्टी सम्बद्ध सबै खाले कार्यको लागि क्याप्टेन रिटार्यड राजेन्द्रमान गुरुङ संयोजक, नेम थापा र रामधन राइ सदस्य रहने गरी ३ सदस्यिय उपसमिती गठन गर्ने निर्णय ग्रयो।
त्यसै गरी हरेक बर्ष जस्तै यस बर्ष पनि ब्रिटिश कमिनिटिलाई समेत सहभागि गराइ मनाउदै आएको नेपाली नयाँबर्ष यस बर्ष पनि भव्यताकासाथ मिती ११ अप्रिल २०१५ ओकफार्म सामूल कोडी स्कूलमा मनाउने गरी महासचिव रोहित गुरुङ संयोजक र छबिमाया पुन, क्याप्टेन रिटार्यड राजेन्द्रमान गुरुङ, रामधन राइ, शेस कुमारी पल्ली, सरिता थापा, वीर बलाल, जङ सुनुवार र नगेन्द्र नेम्वाङ सहितको नयाँबर्ष उपसमिती गठन गर्दै सास्कृतिक तर्फको सम्पूर्ण जिम्मेवारि सचिव नेम थापालाई दिने निर्णय ग्रयो।
आगामी साधारण सभा १४ जून २०१५ मा गर्ने गरी ब्यबस्थापनको सम्पूर्ण जिम्मेवारि उपाध्यक्ष जिब बेल्बासेलाई दिने र नेपाली भाषा कक्षालाई निरन्तरता दिन सल्लाहाकार सूर्य गुरुङ, शेर सुनार, उपाध्य जिब बेल्बासे, सदस्य रन्जिता मल्ल र वीर बलाल लगायतले स्वयम सेवकको रुपमा सहयोग गर्ने र उपाध्यक्ष ओम थापाले कक्षाको लागि हाल प्रयोगमा अाइरहेको बि जि डब्लू यस भवनको निरन्तर प्रयोगको लागि पहल गर्ने गरी बैठकको समापन भयो।