काठमाडौं । कक्षा १२ को नतिजा चाँडै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशितको सबै तयारी पुरा गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार चाँडै नतिजा प्रकाशित हुन लागेको भए पनि कहिलेसम्म गर्ने भन्ने विषयमाटुंगो लागेको छैन् । भोलि (बुधबार) सम्म गर्ने तयारी बोर्डको छ ।

उहाँले केही कुरा क्लियर भइसकेको भए आजै प्रकाशित हुने कुरा पनि बताउनुभयो । तर अहिलेसम्म सबै कुरा क्लियर भइनसकेको हुँदा आज नतिजा सार्वजनिक हुन सकेन् । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।

राष्ट्रिय परीक्षा बोर्डले आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गर्न लागेको छ । कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर थाहा पाउन सकिन्छ । अनलाइनबाट हेर्नका लागि एनटीसीको वेबसाइटमा जानुपर्छ ।

सम्बन्धित खबरहरु