aagoधादिङ, १९ माघ । धादिङको धुन्सा १ चरौंदीमा आगोमा जलेर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आगोमा जलेर थपलियाकी श्रीमती कर्णकुमारी घाइते भएकी छन् । उनलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । तर स्थिति गम्भीर भएको भन्दै अस्पतालहरुले भर्ना गर्न नमानेको पारिवारिक स्रोतले जनाएको छ ।

स्थानीय किशोरचन्द्र थपलियाको घरमा आगो लाग्दा थपलियासहित उनको ज्वाईं अनिल जिसी, छोरी योजना र नातिनी रोजेट जिसीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । घरका सदस्य सुतिरहेकोबेला सोमबार विहान २ बजे आगो लागेको थियो । थपलियाको जस्ताले छाएको २ तले घरमा विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ ।

खाना पकाउने ग्यास सिलिण्डर पनि पड्कीएपछि धेरै क्षति भएको प्रहरीले जनाएको छ । आगो लागेको थाहा पाएलगत्तै गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी नेतृत्वको २५ जनाको प्रहरी टोली घटनास्थल गएको थियो । तर, दमकल नहुँदा आगो निभाउन समस्या परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु