काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क ९ग्रेड० उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले बुधबार नतिजा प्रकाशित गर्न नसकेको बताउनु भएको थियो ।

तीजका अवसरमा महिला कर्मचारी विदामा भएका कारण पनि हिजो नतिजा आउन सकेको थिएन् । बोर्डले १५ गते अर्थात आज बेलुकासम्म नतिजा प्रकाशित गर्ने तयारी भएको जानकारी गराएको छ ।

हालको निदेर्शिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । बोर्डले भदौ १५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

आज नभए पनि एक वा दुई दिनभित्र १२ को नतिजा आउनेछ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए ।

कसरी हेर्ने : कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट पनि थाहा पाउन सकिनेछ ।

सम्बन्धित खबरहरु