काठमाडौं । "हाम्रो गौरव पुरस्कार २०२२" भारतको सर्वोत्कृष्ट पुरस्कारमा पर्दछ । करोडौं नेपाली भाषीको बसोबास रहेको भारतको हाम्रो स्वाभिमान ट्रष्टले "हाम्रो गौरव पुरस्कार" प्रदान गर्दै आएको छ ।

यो बर्ष आफ्नो कार्य क्षेत्रमा सक्रिय रहेर उत्कृष्ट योगदान गरि नेपालीभाषी समाजलाई संसारभरिमा पहिचान दिलाउनुहुने नेपाली–गोर्खाली समाजका प्रसिद्ध लेखक, साहित्यकार, कलाकार, समाजसेवी एवं अन्य विख्यात गणमान्यसहितका १२ जना व्यक्तित्वहरुलाई "हाम्रो गौरव पुरस्कार २०२२" प्रदान गरिएको छ ।

यो पुरस्कार पाउँनेमा यो बर्ष नेपालका दुई जना छोरीहरु अनुराधा कोइराला र इन्दिरा राना मगर हुनुहुन्छ । पुरस्कार वितरण समारोहमा विश्वप्रख्यात योग गुरु एवं उद्यमी स्वामी रामदेव र विश्वप्रख्यात योग गुरु एवं उद्यमी आचार्य बालकृष्ण सहभागी हुनुहुन्थ्यो ।

स्वास्थ्यका कारणले कोइराला पुरस्कार ग्रहण गर्न भारत पुग्न सक्नुभएन भने मगरले पुरस्कार ग्रहण गर्नुभएको छ । हरितालिका तीज पर्व २०२२ को शुभअवसरमा, हाम्रो स्वाभिमान ट्रस्ट (हरिद्वार) द्वारा हाम्रो गौरव पुरस्कार २०२२ बाट सम्मान्नित गरिएको थियो ।

यसैगरी भारतीय नेपालीभाषी (उपन्यासकार, लघु कथा लेखक, निबन्धकार) पद्म श्री लील बहादुर छेत्री, लेखक, साहित्यकार पद्म श्री केदारनाथ गुरुङ्ग, गोरखा लोक कलाकार पद्म श्री काजी सिंह, अन्तर्राष्ट्रिय फुटबल कोच (एशियाई खेलमा पदक विजेता, मोहन बागान रत्न श्याम थापा, महान लेखक एवं समाज सुधारक तारापति उपाध्याय, वीर चक्र सम्मानित रक्षा रणनीतिक अनुशन्धानकर्ता ललित राई, लोक सभाका सांसद राजु बिष्ट, सफल व्यवसायी विष्णु शर्मा न्यौपाने र अन्तर्राष्ट्रिय ख्याति प्राप्त चित्रकार मुकेश थापालाईपनि सोही पुरस्कार प्रदान गरिएको छ ।

अनुराधा कोइराला
अनुराधा कोइराला नेपालको सर्वोच्च ओहोदामा पुग्न सफल प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेर पवित्र मानवता सिद्ध हुनुहुन्छ । खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उहाँको संस्था कृयाशील छ। उहाँले सन् २०१० मा विश्वप्रसिद्ध सिएनएन हिरोको उपाधि पनि पाउनुभएको छ ।

अनुराधाको जन्म १४ अप्रिल १९४९ मा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा भएको हो। उहाँका बाबु कर्णेल प्रताप शिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुनुहुन्छ ।

१० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गर्नुभएकी उहाँले भारतकै कोलकाताबाट बीए पास गर्नुभएको छ । चार जना दाजुभाइ र दुई दिदी बहिनीमध्येकी उहाँ काँइली छोरी हुनुहुन्छ । १९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिनुभएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि प्रयास नेपाल नामको गैरसरकारी संस्था चलाउँनुहुन्छ । कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमा सिएनएन हिरो उपाधी पाउनुभयो ।

कोइरालाई माइती नेपालको आफ्नो कार्यक्रम जारी राख्न अमेरिकी डलर १००,००० को साथमा अमेरिकी डलर २५,०० कदर स्वरुप सिएनएन प्रदान गरिएको थियो । उहाँले २०१४ मा मदर टेरेसा सम्मान, पद्म श्री जस्तो उपाधि पनि पाउनुभएको छ ।

मिति २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ (हाल बगमती) को प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेको थियो ।

इन्दिरा राना मगर
इन्दिरा राना मगर विश्व चर्चित नेपाली समाजसेवी हुनुहुन्छ । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मिनुभएकी इन्दिराले विश्वले प्रसंशा गर्ने गरी आफूलाई समाज सेवामा होम्याउनुभएको छ । समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जित्नुभएकी इन्दिराले थुप्रै विश्वचर्चित अवार्ड पाउँनुभएको छ ।

उहाँले काठमाडौंको नयाँबजारको बाल आवासगृह, काठमाडौंको साँखु, झापा, इलाम, पाल्पामा बाल गृह सञ्चालन गर्नुभएको छ । देशका विभिन्न ठाउँमा कैदीका बालबालिका हेरचाह तथा स्याहार केन्द्र स्थापना गर्नुभएको छ । काठमाडौंको साँखु, झापामा जूनकिरी नामक विद्यालय नै खोलेर विपन्न तथा कैदीका बालबच्चालाई शिक्षा दिइरहनुभएको छ ।

आफ्नै घरमा हुर्किए जसरी, घरपरिवारको अधिकार पाएजसरी नै सम्मानपूर्वक बालबालिकाको लालनपालन गर्नु उहाँको विश्व लोभिने बालगृहको मोडल हो । जूनकिरी नामका दुई वटा प्राथमिक स्कूल नै चलाएर सामाजिक संस्थालेपनि आट्यो भने राज्यको कुनै तहको सरकारले गर्ने काम जति काम गरेर देश र विश्व समुदायलाई योगदान दिन सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको छ ।

पाल्पा र भक्तपुरमा युथ होम सञ्चालन गर्नुभएको छ । सबै ठाउँमा गरेर ठूलो संख्यामा कर्मचारी छन्। आवासगृहमा चाहिं ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम छ । ठूला दुईको भागमा साना पाँच जना तोकिएको छ। कर्मचारी नपुगेर नभई बालबालिकालाई जिम्मेवार बनाउन र पारिवारिक माहोल सिर्जना गर्न यसो गरेको इन्दिरा बताउँनुहुन्छ ।

उहाँले ठूला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गर्नुभएको छ । उहाँले प्राविधिक तर्फको शिक्षामा समेत बालबालिकालाई अवसर दिनुभएको छ । कोही नर्स त कोही प्राविधिक शिक्षा पूरा गरेर रोजगारिमा लागिसक्नुभएको छ ।

इन्दिराले करागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गर्नुहुन्छ । सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागारभित्रको प्राथमिक विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गर्नुभएको छ । त्यहाँ पढ्ने कुनै समय ६०, कुनै समय सयभन्दा माथी महिला बन्दीलाई कापी, कलम र किताबको जिम्मा पनि उहाँले नै लिनुभएको छ । “२८ वर्षअघि महिला कारागारमा साक्षरता अभियान चलाएरै मेरो समाजसेवा शुरु भएको थियो”, इन्दिरा भन्नुहुन्छ ।

बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सीएनएन हिरो बन्नुभएकी पुष्पा बस्नेत पनि शुरुमा इन्दिराकै संस्था बन्दि सहायता नेपाल (पिए नेपाल), मा स्वयंसेवक हुनुहुन्थ्यो । उहाँले इन्दिराकै रोहबरमा कारागारबाट तीन जना नानी लगेर प्रारम्भिक बाल विकास केन्द्र आरम्भ गर्नुभएको थियो ।

इन्दिरा आफैंले जन्माएकी एक छोरी मात्र भए पनि उहाँ अहिले साथमा रहेका जन्मिएकै दिनदेखि हुर्काएका देखि सयौंको आमा बन्नुभएको छ । यी सबैले आमा भनेर बोलाउँदा उहाँलाई संसार जितेको अनुभूति हुन्छ। जन्मिएकै दिनदेखि ल्याएका केही बालबालिका त अब पूर्ण रुपमा उहाँकै सन्तानको रुपमा अधिकार दिनुपर्ने अवस्था छ ।

उनीहरुले आफ्नै आमा मान्ने गर्छन् । अभावपूर्ण बाल्यकाल बिताउनुभएकी इन्दिरा ११ वर्षमा एकैचोटि पाँच कक्षामा भर्ना हुनुभएको थियो । २०५३ मा स्नातक गरेर समाजसेवामा लाग्नुभएको उहाँलाई जुनियर नोबल पुरस्कार भनेर चिनिने वल्ड चिल्ड्रेन अनररी अवार्र्ड प्राप्त गर्नुभएको छ । विश्वप्रसिद्ध अशोका फेलोबाट सम्मानित हुनुभएको छ ।

भारतमा नेपाली भाषी
नेपाली भारतीय (भारतीय नेपाली या भारतीय नेपालीहरु पनि) हरु करोडौंको संख्यामा छन् । जो भारतको नागरिक वा पूर्णकालिक निवासी हुन् । जसको जातीय मूल पूर्ण रूपले वा आंशिक रूपले नेपालमा बस्छन् । उनीहरू अरु धेरै भाषाहरु र भाषिकाहरु बोल्छन । तर नेपाली भाषा सबैले बुझ्छन् । नेपाली भाषा भारतको आधिकारिक भाषाहरु मध्ये एकको रूपमा संविधानमा नै सामेल गरिएको छ।

बेलायती शासनको दौरान भारतको भु–भाग बन्नु भन्दा पहिले भारतको केही क्षेत्रहरु नेपाल राज्य अन्तर्गत थियो । उदाहरणका लागि पश्चिम बङ्गालको दार्जिलिंग जिल्ला सिक्किमको भु–भाग थियो । उक्त भूमि केही समय नेपालको नै भु–भाग थियो। सिक्किम, जातीय नेपाली बहुमत भएको एक मात्र भारतीय राज्य हो । सन् १९७५ मा भारतको भु–भाग बन्यो। महत्त्वपूर्ण नेपाली आबादी भएको अन्य क्षेत्रहरूमा उत्तराखण्ड, असम, हिमाचल प्रदेश, मणिपुर र मेघालयपनि छन् । नेपाली आबादी पनि भारत भरि सबै प्रमुख शहरहरु, विशेष रूपमा दिल्ली, कोलकाता, बेंगलोर, मुम्बई, चेन्नई, हैदराबाद र विशाखापट्टनममा छरिएर बसेका छन् ।

भारत र विश्वलाई योगदान दिने चर्चित भारतीय नेपालीहरु

दुर्गा मल्ला – भारतीय स्वतन्त्रता सेनानी (जसको प्रतिमा भारतीय संसदमा छ) । कप्टेन राम सिंह ठाकुर – एक भारतीय स्वतन्त्रता सेनानी, संगीतकार, र वर्तमान भारतीय राष्ट्रीय गान जन गणको बैंड संस्करणको संगीतको संगीतकार हुनुहुन्थ्यो । भारतीय राष्ट्रीय सेनामा सेवारत रहदाको अबस्थामा उहाँले कदम कदम बढाए.. जा र भुभ सुख चैन सहित थुप्रै देशभक्तिको संगीतहरूको रचना गर्नुभयो । सिस्टर निर्मला – मिशनरीज ऑफ चैरिटीको सुपीरियर जनरलको रूपमा मदर टेरेसाको निरन्तरा पाउनुभयो ।

माला सिन्हा – बलीवुड अभिनेत्री, लुई बैङ्क्स – जैज संगीतकार,
नरबहादुर भण्डारी – सिक्किमको पूर्व मुख्यमन्त्री, पवन कुमार चाम्लिङ – सिक्किमको मुख्यमन्त्री, तुलसी घिमीरे – नेपाली चलचित्र निर्देशक – कलाकार, भरत छेत्री – कप्तान भारतीय हॉकी टीम, सुनील छेत्री – फुटबलर, बिनोद प्रधान – बलीवुड छायाकार, पूर्णिमा (सुषमा श्रेष्ठ) – बलीवुड नेपाली पार्श्व गायक, आचार्य बालकृष्ण – स्वामी रामदेव निकट उद्यमी व्यवसायी एवं योग गुरु, उदिता गोस्वामी – देहरादुनको बलीवुड अभिनेत्री, प्रशान्त तामाङ – इंडियन आइडल ३ विजेता, गायक र अभिनेता
कपिल थापा – इंडियन आइडल ४ उपविजेता, ज्योति ब्राह्मण – मिस इन्डिया अर्थ २००४, संजू प्रधान – फुटबलर, – निर्मल छेत्री – फुटबलर, उदित नारायण गायक, आदित्य नारायण – बलीवुड गायक र अभिनेता, कर्मा शेरपा – सा रे गा मा पा प्रतियोगी, प्रकृति गिरी – बाल गायक (छोटे उस्ताद), सौम्या राई – बाल नर्तकी (बूगी वूगी लिटिल चम्प १ रनर अप),, प्रज्वल पराजुली – लेखक, सनु लामा – पद्म भूषण र अग्रणी लेखक, केदार गुरुंग – पद्म भूषण र अग्रणी लेखक, प्रदीप गुरूंग – डाँस इन्डिया डाँस ३ सिसन रनर अप २०१२, ओम क्षेत्री – बाल नर्तकी, शिभन्गिनि राणा – एक नेपाली मोडल एमटीवी ५ मा सहभागी र यस शो को रानी हुनुभयो ।

सम्बन्धित खबरहरु