काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय बल्खु काठमाडौले स्नातक तहको परीक्षा बारे जरुरी सूचना प्रकाशित गरेको छ ।

बीसीए कार्यक्रम अन्तर्गतको पहिलो सेमेस्टरको परीक्षा केन्द्र सम्बन्धी जरुरी सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ । त्रभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित BCA ( Bachelor In Computer Applications ) कार्यक्रम अन्तर्गत शैक्षिक बर्ष २०२१ को पहिलो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरुको सत्रान्त परीक्षा कार्यक्रम प्रकाशित गरेको छ ।

परीक्षा कार्यक्रम मिति २०७९ साल भाद्र २१ गते मंगलबारबाट सञ्चालन हुने भएकाले सम्बन्धित सबैका लागि यो जानकारीमा परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैका लागि साझा गर्न नभुल्नुहोला ।

एक सय ५४ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री
सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले विभिन्न विद्यालय तथा क्याम्पसका एक सय ५४ विद्यार्थीलाई आज छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ ।

प्रतिष्ठानद्वारा पोखरामा आज आयोजित एक कार्यक्रमबीच शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका शिक्षा निर्देशक अम्विकाप्रसाद आचार्यलगायतले विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।

उक्त अवसरमा मौला ईस्मालिक सामुदायिक आधारभुत विद्यालय कुँडहर, नवप्रभात सेकेन्डरी बोर्डिङ स्कुल नयाँ बजार, सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालय अर्घौं, बालमन्दिर माध्यमिक विद्यालय, नदीपुर, ज्ञानभुमी माध्यमिक विद्यालय नदीपुर, महेन्द्र माध्यमिक विद्यालय नयाँबजार र कन्या क्याम्पस नदीपुरका छात्रछात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा निर्देशक आचार्यले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्दा लक्षित वर्ग एवम् समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीमा पुग्नुपर्नेमा जोड दिनुभयो । शैक्षिक संस्थामा म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि भन्ने वातावरण तयार गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले प्रत्येक बालबालिकाका लागि अभिभावकको धनको लगानी मात्र नभै मनको लगानी हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रष्ठिानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले वितरित छात्रवृत्ति तथा शैक्षिक सामग्रीले विद्यार्थीको शैक्षिक यात्रामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका पूर्वअध्यक्ष नारायण कार्कीले प्रतिष्ठानले समाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको बताउँदै कोभिडका कारण अघिल्ला दुई वर्ष लक्षित योजना प्रभावित भएको बताउनुभयो ।

सम्बन्धित खबरहरु