काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

जारी सूचनामा भनिएको छ, ‘२०७९ सालको जेष्ठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित ननग्रेड भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने गरी निम्नलिखित कार्यक्रम अनुसार ग्रेडवृद्धि पूरक परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ पुरक परीक्षा असोज ३० र ३१ गते हुने कुरा पनि बोर्डले जानकारी गराएको छ ।

  • सार्वजनिक नतिजा मन नपरेर पुनर्योग गर्न चाहनेहरुका लागि

सम्बन्धित खबरहरु