काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायले परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको हो । बीसीए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरको परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरिएको हो ।

त्रिविले भनेको छ, ‘त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित बीसीए कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२१ को पहिलो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूको सत्रान्त परीक्षा कार्यक्रम मिति २०७९ साल भाद्र २१ गते मंगलबारबाट सञ्चालन हुने भएकाले सम्बन्धित जानकारीका लागि यो परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु