काठमाडौं । संविधानसभाको प्रश्नावली प्रस्ताब निर्माण समितिले आजबाट प्रश्नावली निर्माणको काम शुरु गर्ने भएको छ ।
सिंहदरबारमा बिहान बोलाईएको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल नहुने गरी नयाँ संविधानका अन्तरबस्तुमा रहेका विवादित विषयमा प्रश्नावली निर्माण शुरु गर्ने जनाईएको छ ।
समितिले हिजो गणतन्त्र, धर्म र संघीयतामा प्रश्नावली नबनाउने कार्यबिधि पारित गरेको थियो । समितिले संविधानका अन्तवस्तुमा रहेका असहमति पहिचान गरी संविधानसभामा निर्णयार्थ पेस गर्न सहज हुनेगरी प्रश्न सहितको प्रस्ताव संविधानसभामा लैजाने कार्यबिधि पारित गरेको छ ।
यस्तै राप्रपा नेपालले भने प्रश्नावली प्रस्ताब निर्माण समिति बहिष्कार गरेको छ । एकीकृत नेकपा माओवादी र उस्को नेतृत्वको मोर्चा भने यो प्रक्रियामा सहभागि भएको छैन ।