
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट स्नातक तह अन्र्तगत रहेका बीबीए, बीबीएम, बीआईएम, बीएपी, बीएचएम, बीटीटीएम, बीबीए–एफ र बीएमएस कार्यक्रममा भर्नाका लागि विशेष सूचना जारी गरेको हो ।
जारी सूचनमा भनिएको छ, ‘कार्यक्रमका (माथि उल्लेख भएका) लागि लिइने प्रवेश परीक्षा (सीएमएटी) का लागि २०७९/०४/१७ मा जारी भएको सूचनमा तोकिएको Eligibility Criteria Minimum D+ Grade in each Subject of Grade 11 and 12 with CGPA 1.8 more or Mininum Score of Second Division Marks in 10+2, PCL or Eqivalent in any discipline भनि उल्लेख भएको तर उच्च माध्यामिक शिक्षा परिषद् बोर्डद्धारा मिति २०७९/०५/१७ गते प्रकाशित कक्षा १२ को नतिजमा लेटर ग्रेडिङ्ग निर्देशिका, २०७८ मा भएको ग्रेड निर्धारण सम्बन्धी व्यवस्थामा पूर्व निर्धारित ग्रेडमा तोकिएको डी प्लस (स्वीकृत अंक १(६) लाई डी (स्वीकृत अंक १.६) कायम गरिएकोले यस संकायबाट प्रकाशित पूर्व सूचनमा उल्लेखित Eligibility Criteria लाई निम्नानुसार परिवर्तन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’