काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भर्खरै निर्माण भएको पुलको आधिकारिक उद्घाटन समारोहको समयमा एउटा सानो फुटब्रिज (पुल) भत्किएको छ ।

त्यसपछि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल हुँदैछ । सन् २०१८ मा, जिम्बाब्वेका पूर्व अर्थमन्त्री प्याट्रिक चिनामासाले फोहोर फाल्ने डस्बिनको उद्घाटन गरेका थिए ।

गत हप्ता, रिबनले बेरिएको पानीको धाराको एक तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । एक अधिकारीले त्यसलाई लोकार्पण गर्दै थिए, जसलाई हेरेर धेरै मानिसहरूले मनोरन्जन लिए ।

यस पटक, कङ्गोमा एक मन्त्रीले एउटा सानो फुटब्रिज उद्घाटन गर्ने निर्णय गरे, तर त्यसको अन्त्य राम्रोसँग भएन । पुलको औपचारिक उद्घाटनका लागि अधिकारीहरु भेला भएका थिए ।

पुरानो अस्थायी पुल प्रायस् बाढीको समयमा डुब्ने भएका कारण वर्षायाममा खोला तर्न मानिसहरूलाई सहयोग पुगोस् भनेर फुटब्रिज बनाइएको थियो ।

दुई मिटरभन्दा कम चौडाइ भएको पुलमा मानिसहरूको ठूलो समूह चढेको थियो । उद्घाटनका लागि पुलमा रातो रिबन पनि बाँधिएको थियो । एक अधिकारीले त्यसलाई कैंचीले काट्ने तयारी गरिरहेका थिए । जब उनले रिबन काटे पुल भाँचियो । भिडियो हेर्दा लाग्छ कि त्यो रिबनले पुल थामेको थियो ।

फुटब्रिज, धेरै मान्छेहरूका कारण दबाबमा परेको थियो । त्यसपछि भार थेग्न नसकेर धेरै मान्छेहरू उभिएपछि भत्किएर दुई टुक्रा भएको हो ।

कैंची समात्ने महिलाले जमिनमा हाम फाल्ने प्रयास गरिन्, तर उनको प्रयास व्यर्थ भयो किनकि नजिकै रहेको एक बलियो व्यक्तिले आफूलाई खस्नबाट बचाउनको लागि महिलालाई कुहिनो प्रहार गरेका थिए ।

https://twitter.com/AfricaFactsZone/status/1566905261805248513

जानकारी अनुसार सो पुल उनै मन्त्रीको रेखदेखमा भएको थियो । मन्त्रीले पुल निर्माणमा उपयुक्त सामग्री प्रयोग नगरेकाले यस्तो समस्या देखिएको धेरैको बुझाई रहेको छ । मन्त्रीको रेखदेखमा आयोजना निर्माणमा ठेकेदारले गरेको लापरबाहीका कारण पुल कमजोर भएको अधिकारीहरु बताउँछन् ।

उक्त क्षेत्रका लागि बलियो पुल निर्माणका लागि पाएको रकम मन्त्रीको खल्तीमा गएको आरोप पनि लागेको छ । जसका कारण उद्घाटनको क्रममा करिब १० जनालाई पनि थेग्न नसकेर पुल भत्किएको हो ।

सम्बन्धित खबरहरु