ramsharan mahat

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महत्तले जनताको अधिकार कव्जा गर्नेहरु कोही पनि टिक्न नसक्ने बताएका छन् ।

औषधि उत्पादक देउराली जनता फर्मास्यूटिकल्स प्रालिको २४ औ बार्षिकोत्स कार्यक्रममा मन्त्री महत्तले अहिले जनतालाई अधिकार दिने बेलामा नै जनताको अधिकार हनन गर्ने कार्य भएको भन्दै जनताको अधिकार कव्जा गर्नेहरु कोही पनि टिक्न नसक्ने बताएका हुन् ।

उनले मुलुकमा आर्थिक स्थिरता र लोकतन्त्र स्थापित भए मुलुक विकासको बाटोमा लम्कने उल्लेख गरे । उनले राजनीतिका नाममा बन्द हड्ताल गर्ने पराम्पराले मुलुकलाई पछाडि ढकेलिरहेको समेत बताए ।

देउराली जनता कम्पनीले अत्याधुनिक उपकरणमार्फत दुई सय १० थरी औषधिहरु उत्पादन गरिरहेको छ ।

लामो औषधि उत्पादनको अनुभवसँगै आफ्नो उत्पादन क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरि विकास गरिसकेको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए ।

एक लाख १० हजार वर्गफिटमा फैलिएको यो उद्योग पूर्णतया वातानुकुलित रहनुका साथै विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम कुशल औषधि उत्पादन प्रकृया पुरा गरेको छ ।

कम्पनीले मुटु रोग, नशा सम्बन्धी रोग, मधुमेह, चर्म रोग लगायत नेपालमा देखा पर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधिहरु उत्पादन गरिरहेको छ ।

हिले नेपालमा करीव ४५ वटा उद्योगहरुले विभिन्न रोगका औषधिहरु उत्पादन गर्दै आएका छन । यी उद्योगहरुले औषधिको कुल मागको ४० प्रतिशत हिस्सा ओगटेका छन ।

सम्बन्धित खबरहरु