काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताउनुभएको छ । आज काठमाडौँको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै उहाँले मुलुकको विकासका सपना पूरा गर्न नाराले मात्र नभएर काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो ।

नेता सिंहले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताउँदै राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौँमा क्षेत्र नं १ ले देखाएको जिकिर गर्नुभयो । उहाँले सामुदायिक काम पारदर्शीरूपले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता सिंह र बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले उपलब्ध गराउनुभएको सांसद विकास कोषअन्तर्गतको रकमबाट उक्त सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको थियो । रासस

सम्बन्धित खबरहरु