काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको हो ।

सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि B.SC.CSIT विषय दोश्रो वर्ष तेश्रो शत्र–२०७७ समूहको परीक्षा आवेदन फारम भर्नेबारे सूचना जारी भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७९ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि B.SC.CSIT विषय दोश्रो वर्ष–२०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशक परीक्षाको परीक्षा आवेदन फारम २०७९ साल कात्तिक २१ गतेसम्म बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु