काठमाडौं । काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ।

सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ मिटर सुरुङ खन्ने काम पूरा भएको छ।’

विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भन्नुभयो, ‘आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ।’

उहाँका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किड अडिट १ सय २७ मिटर पूरा भएको छ भने ऋस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ।

आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ। यो समाचार कारोबार दैनिकमा छ ।

सम्बन्धित खबरहरु