काठमाडौं । मोरङको कानेपोखरी –५ की ६० वर्षीया पल्पना गुरुङ ६ वर्ष देखि आफूलाई ठगी गरी जग्गा राजीनामा पास गरी लिएका धरान १६ का भूपेन्द्र लिम्बूको खोजीमा हुनुहुन्छ ।

अक्षर नचिन्ने वालब्रम्हाचारी पल्पनाले केरौन १(क) को कित्ता नं.८९७ को ४ कट्ठा १६ धुर जग्गा धितो पास गरी दिने सर्तमा दुई लाख ५० हजार रुपियाँ लिने घरायसी कागज भएको थियो ।

तर लिम्बूले गुरुङलाई झुक्याएर जग्गा राजीनामा पास गरी लिएको पल्लना गुरुङ बताउनु हुन्छ । गुरुङले भन्नुभयो, पैसा एकै रुपियाँ दिएन ।

जग्गा पनि राजीनामा पास गरेर लियो । साता नबित्दै धितो पास नभई राजीनामा पास भएको थाहा पाएपछि मालपोतको निर्णय उल्टाउन हिँड्नु भएकी पल्पनाका धेरै जुत्ता फाटिसक्यो तर जग्गा लानेहरू उम्केको उम्कैछन् ।

२०७३ साल असार १३ गते राजीनामा पास गरेको उक्त जग्गा फिर्ता ल्याउन पल्पनासँग धेरै वटा घरायसी कागज छन् । तर, उहाँ ६ वर्ष देखि अदालत धाई रहनु भएको छ ।

यता भूपेन्द्रले उक्त जग्गा फिर्ता गरिदिन २०७६ सालमा असार ५ गते काठमाडौँ जिल्ला अदालतका न्यायधीसको रोहवरमा धनकुटाका अतिककुमार रसाइलीलाई वारेसनामा दिनुभयो । जसले जग्गा खायो उही व्यक्तिले न्यायालयलाई पनि ढाँटेको पल्पनाको भनाई छ ।

काठमाडौँ जिल्ला अदालतमा भएको कागज अनुसार पल्पनाले अतिककुमार रसाइलीलाई पछ्याउन थाल्नुभयो । सुरुमा जग्गा फर्काउने बताउँदै आएका अतिक मात्र होइन । भूपेन्द्र पनि यति बेला सम्पर्क विहीन छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु