काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय पब्लिक युथ क्याम्पस आंशिक शिक्षकहरूका लागि नियमित/व्यवस्थित गर्ने प्रयोजनका लागि गरिएका दरखास्त आह्वान सम्बन्धी सूचना जारी भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रि.वि. कार्यकारी परिषद्को मिति २०७८ फागुन २० गतेको बैठकको निर्णय नं. १२९३ बमोजिम यस क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरूलाई नियमित र व्यवस्थित गर्ने सम्बन्धमा प्राप्त परिपत्र र पब्लिक युथ क्याम्पस कार्य समितिको मिति २०७९/०५/२६ गतेको बैठकको निर्णय अनुसार हाल यस क्याम्पसमा विभिन्न विषयमा अध्यापनरत आंशिक शिक्षकहरूको छनोट प्रयोजनका लागि न्यूनतम द्वितीय श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका र यस क्याम्पसमा कम्तीमा एक शैक्षिक सत्र अध्यापन पूरा गरी नियमित अध्यापन कार्यमा संलग्न रहेका इच्छुक शिक्षकहरूबाट कुमारी बैंक लिमिटेड, क्षेत्रपाटी शाखाको खाता नं. १२९०० ६२९२३ १००००२ मा रु.२,०००।०० (दुई हजार मात्र) जम्मा गरेको सक्कल भौचर सहित मिति २०७९ असोज ५ गते कार्यालय समयभित्र पब्लिक युथ क्याम्पस प्रशासनमा बुझाउन दरखास्त आह्वान गरिन्छ । रीत नपुगेका र म्याद नाघी दर्ता हुन आएका दरखास्त उपर कुनै कारबाही हुने छैन ।’

सम्बन्धित खबरहरु