काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्डनाको फिल्म ‘पुष्पा’ हिट भयो । फिल्मसँगै गीतलाई पनि दर्शकले मन पराए । यतिबेला एउटी सानी बालिकाको भिडियो सार्वजनिक भएको छ, जसमा ती बालिकालाई फिल्म ‘पुष्पा’ को ‘सामी सामी’ गीतमा स्कुल ड्रेसमा निकै मिठो शैलीमा नाचिरहेको देखिन्छ ।

यो भिडियो सार्वजनिक हुने बित्तिकै रश्मिका मन्डन्नाले यो भिडियो आफ्नो ट्विटरमा सेयर गर्दै बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । फ्यानका साथै रश्मिकाले पनि यो क्यूट भिडियोलाई निकै मन पराएर साझा गरेकी छिन् ।

सन् २०२१ मा रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ मा अभिनेत्री रश्मिका मन्डन्ना मुख्य भूमिकामा देखिएकी थिइन् । रुटिन अफ नेपाल बन्दका अनुसार बालिका हेटौंडाकी हुन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनको क्यूट अभिनय शेयर गरिरहेका छन् ।

सम्बन्धित खबरहरु