काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त बन्दसूची स्वतःकायम नरहने समयावधि किटान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नरपानीमा पर्यटक बढे
अर्घाखाँचीको प्रमुख धार्मिक तथा मनोरमस्थल नरपानीमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यहाँको शीतल हावा र चिसो पानी र खुला मौसममा एकैपटक धेरै हिमाल देख्न पाइने मनमोहक दृश्य देख्न पाइने भएपछि गर्मीको मौसममा तराई र भारतबाट समेत गर्मी छल्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।

नरपानी क्षेत्र पछिल्लो समयमा प्रमुख वनभोजस्थलको रुपमा पनि विकसित हुँदै गएको छ । गर्मी समयमा यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरुपमा हजारौँ मानिस आउने गरेको सन्धिखर्क–६ नरपानीका वडाध्यक्ष श्रीधर महत्राले बताउनुभयो ।

तराई मधेस र गर्मी क्षेत्रबाट आउने पर्यटकले नरपानीमा आएर चिसो मौसममा पर्यटक निकै रमाउने गरेको उहाँ बताउनुहुन्छ । गत वर्षदेखि दैनिकरुपमा १० देखि ५० समूह आउने गर्दछनु । शनिबारको दिन यहाँ झण्डै २० देखि ६० समूहमा पर्यटक आउने गरेको अध्यक्ष महत्रा बताउनुहुन्छ ।

महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा रहेको नरपानी क्षेत्रमा प्रसिद्ध सुपा देउराली मन्दिरमा दर्शन गर्न र भाकल चढाउन आउनेको कारण पनि यहाँ आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ । मन्दिरमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउने र देउरालीमा चढाएका पाठापाठी नरपानी क्षेत्रमा वनभोज मनाउने चलन रहेको छ । यहाँ चढाएको बलि घरमा लैजान नहुने विश्वासका कारण पनि वनभोज मनाउने चलन रहेको स्थानीय समाजसेवी यमकला थापा बताउनुहुन्छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च पदमा रहेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने धार्मिक विश्वास छ ।
यहाँ दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन तथा पूजाआजा गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिले जनाएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा सङ्कलन भेटी स्थानीय विकास निर्माणका काम भइरहेका छन् । मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क नगरपालिका–७ मा रहेको आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा छ जना र शीतगङ्गा नगरपालिका–२ को शान्ति आभारभूत विद्यालय सीतापुरमा चार शिक्षक राखिएको छ । शिक्षक राखेर पठनपाठनमा सजिलो भएको आदर्श मावि खाँचीकोटका प्रधनाध्यापक डिल्लीराज खनालले बताउनुभयो । रासस

सम्बन्धित खबरहरु