काठमाडौं । मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताउनु भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय सञ्चार माध्यमलाई पुष्टि गर्नुभएको छ । यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन् ।सास्ती

दिने सुनार खोला
कालीकोटको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका–२ सुनार खोलाको पहिरोको उचित व्यवस्थापन नहुँदा यात्रुले हैरानी खेप्दै आएका छन् । पहिरोका कारण खोलामाथिको स्थानीयको जग्गा पनि बगेर क्षति भएको छ ।

हल्का पानी पर्दा बित्तिकै सधै अवरुद्ध हुने कर्णाली राजमार्गअन्तर्गतको सुनार खोलामा सवारी रोकिँदासाथ यातायात अवरुद्ध हुने गर्दछ । यातायात अवरुद्ध हुँदा यात्रुलाई सदरमुकाम पुग्न पाँच किलोमिटर पैदलै यात्रा गर्नुपर्ने बाध्यता हुन्छन् ।

कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्र दर्जनौँ ठाउँमा पहिरो खस्छ । जिल्लाको सिमाना दहीखोलादेखि गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्लीलगायतमा वर्षाको समयमा पहिरो खस्ने समस्या छ । सुनार खोला कटेपछि आनन्दको महसुस हुने गरेको चालक रवीन्द विश्वकर्मा बताउनुहुन्छ ।

सुर्खेतदेखि कालीकोट आएका यात्रु कमल भट्टराईले सुनार खोलाको पहिराले सडक अवरुद्ध हुँदा सडकको पेटीमै घण्टौँ बिताएको बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु