काठमाडौं । थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा पनि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका ती संरचनामाथि डोजर चलेको हो ।

त्यस क्षेत्रमा बनेका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जानकारी गरायो ।

अर्कोतिर, दुई वटा टहरा पनि महानगरले हटाएको छ । आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको हो ।

मेयर बालेन शाहको निर्देशनमा सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाउने अभियान नै थालेको छ ।

सम्बन्धित खबरहरु