काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले शुक्रबार आफ्नो टर्की समकक्ष रिसेप तैयप एर्दोगानलाई भेट्नु भएको छ ।

मध्य एशियामा क्षेत्रीय सुरक्षा बैठकमा दुई पक्षबीच राजनीतिक पारस्परिक विश्वास गर्न उहाँँले आग्रह गर्नुभएको जनाइएको छ ।

उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्घठन (एससीओ) शिखर सम्मेलनको क्रममा सी र एर्दोगानबीच भेट भएको थियो ।

टर्की एससीओको एक संवाद साझेदार हो । सन् २००१ मा स्थापित भएको यस सङ्गठनमा चीन, भारत, पाकिस्तान, रुस र धेरै पूर्वसोभियत राज्य मिलेर बनेको छ ।

‘दुई पक्षले राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्नुपर्छ, एकअर्काको मुख्य हितलाई सम्मान गर्नुपर्छ र चीन–टर्की रणनीतिक सहयोग सम्बन्धको राजनीतिक आधारलाई सुदृढ बनाउनुपर्छ,’ सीले भन्नुभएको चिनियाँ राज्य सञ्चालित समाचार समिति सिसिटिभी जानकारी दिएको छ ।

हामीले विकास सहयोगमा ध्यान केन्द्रित गर्नुपर्छ दुई देश बीचको विभिन्न सहयोग संयन्त्र र सम्बन्धित शक्तिको भूमिकालाई पूर्णरूपमा खेल्नुपर्छ,“ चीनका नेताले भन्नुभएको छ ।

सीले आफ्नो हस्ताक्षर बेल्ट एण्ड रोड विश्वव्यापी व्यापार पहलमा थप सहयोगका लागि जोड दिनुभयो । दुई देशले “अन्तरराष्ट्रिय औद्योगिक र आपूर्ति श्रृङ्खला, खाद्य र ऊर्जा सुरक्षाको रक्षा गर्न योगदान दिनुपर्छ,” सीले भन्नु भएको छ ।

सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका इब्राहिम राईसीलाई क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा पनि भेट् गर्नुभएको छ । चिनियाँ नेताले कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखियता यो पहिलो विदेश भ्रमण गर्नुभएको हो । रासस

सम्बन्धित खबरहरु