काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बिहान समरकन्दको फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्नु भएको छ ।

सीले चीन र इरानबीच लामो समयदेखिको मित्रता रहेको र तिनीहरूको सम्बन्ध परिवर्तनशील अन्तर्राष्ट्रिय परिदृश्यको परिक्षामा खडा भएको कुरा औंल्याउनु भएको छ ।

दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुवै पक्षको साझा रणनीतिक छनोट भएको सीले बताउनुभयो ।चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको छ । द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति गर्न इरानसँग रणनीतिक सञ्चार र समन्वय बढाउन तयार रहेको चिनियाँ राष्ट्रपतिले बताउनुभयो ।

सीले चीनको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न इरानलाई सहयोग गर्ने र विकासोन्मुख देशहरूको साझा हित र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्न इरानसँग मिलेर काम गर्ने कुरामा जोड दिनु भएको छ ।

दुवै पक्षले आ–आफ्नो बृहत् सहयोग योजना कार्यान्वयन गर्न, बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन सक्रिय प्रयास गर्नुपर्छ र सहयोगको थप उपलब्धि हासिल गर्न प्रयास गर्नुपर्छ, सीले भन्नुभयो।

ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सामेल हुन इरानलाई स्वागत छ भन्ने कुरा उल्लेख गर्दै सीले साङघाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य भएकोमा इरानलाई बधाई दिनु भएको छ । निकट समन्वय र सहयोगका लागि तयार रहेको पनि सीले बताउनु भएका छ । रासस

सम्बन्धित खबरहरु