काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौंमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ ।

अरु कार्यक्रमजस्तो झन्डा, ब्यानर नबोकी विशुद्ध मर्निङवाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली पुगेर एमालेका नेता तथा कार्यकर्ताहरुले संविधान दिवस मनाए ।

‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्नुभयो ।

संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो । बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु भएको कार्यक्रममा सहभागी हुन एमालेले सबैलाई अपिल गरेको थियो ।

सम्बन्धित खबरहरु