काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते अर्थात आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाउनुभयो ।

शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँले यो कार्यकालमा सदनलाई सफल बनाउँने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । आजदेखि यो संसद सकिएको छ । नयाँ निर्वाचनका लागि सांसदहरु गाउँ–गाउँ जान थालेका छन् ।

सम्बन्धित खबरहरु