काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई दिइएको छ ।

शनिबार दिउँसो सुरु भएको बैठकमा चोलेन्द्रलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएको थियो ।

त्यसपछि समितिको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निष्कर्ष लेख्ने जिम्मा दिइएको नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

सभापतिले दिएको निष्कर्षमा सबै सदस्यको चित्त बुझेमा एकमतले पारित गरिने र चित्त नबुझेमा पुनः छलफल हुने एक सदस्यले जानकारी दिनुभयो । समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । अब फेरी बस्ने तयारी भइरहेको छ ।

सम्बन्धित खबरहरु