काठमाडौं । आज विश्वकर्मा पूजा, विश्वभरका हिन्दुहरुले भगवान विश्वकर्माको पूजा आराधाना गरेर मनाए ।

नेपालका चर्चित धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले विश्वकर्मा पूजाका दिन विकास निर्माणमा काम लाग्ने हतियार उपहार माग्नुभएको छ ।

उहाँले आफूलाई खदा माला र फूलको गुच्छाको साटो गैती र बेल्चा उपहार ल्याइदिन आग्रह गर्नुभएको हो । शनिबार सोसल मिडिया ‘हर्क साम्पाङ अ रिभोलुशन’मार्फत् मेयर साम्पाङले उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गर्नुभएको हो ।

मेयर साम्पाङले खदामाला र फूलको गुच्छाको उपयोगिता नदेखेको उल्लेख गर्दै उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘मलाई कसैले उपहार नै ल्याइदिने मन भए गैती र बेल्चा उपहार ल्याइदिनु । यो खदामाला र अनेक फूलका गुच्छाको मैले उपयोगिता देखिन । जय श्रम ! जय उत्पादन ’ !!

मेयरको सपथ लिएसँगै हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने अभियान सञ्चालन गर्दै श्रम पर्यटनमा लागिपर्नुभएको छ । साथै उहाँले सर्दुखोला लगायतबाट धरानमा पानी खसाल्न सफल पनि भइसक्नुभएको छ । उहाँले यो कार्यलाई विश्वभरीबाट साथ पाउनुभएको छ ।

सम्बन्धित खबरहरु