काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ।

शनिबार पनि सचिवालय बैठक बसेको थियो। शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको (बन्द सूची) नामावली तयार गर्नेबारे छलफल गरेको थियो।

बैठकमा महासचिव शंकर पोखरेलले उम्मेदवार छनौटका मापदण्डबारे जानकारी गराउनुभएको थियो ।

प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० उम्मेदवारको सूची बनाउन एमालेले गृहकार्य गरिरहेको छ।

आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवारको सूची तय गर्नेछ। निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवार सूची बुझाउने समय तोकेको छ । सोही कारण प्रदेश सभा र प्रतिनिधिसभाको कार्यकाल आजै राति १२ बजेदेखि सकिएको छ ।

एमालेले यो पटक विगतमा अवसर पाएकालाई समानूपातिकमा नसमेट्ने स्पष्ट पारेको छ । नयाँलाई अवसर दिने एमालेको पूर्व घोषणा रहेको छ । यसैगरी शीर्ष नेताले आफ्नो क्षेत्रमा चुनाव लड्नुपर्ने एमालेका शीर्ष नेताहरुमा बुझाई छ ।

सम्बन्धित खबरहरु