भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका–१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले ती बालिकालाई भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी नयाँ गणेशस्थान बस्ने ३२ वर्षीय राजेश कार्कीको घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ७ लाख २२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

घरको दोस्रो तलामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले घरको झ्याल र कोठाको दराजको ताला फोडेर उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । मोरङ, मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बस्ने रन्जित शाहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर, ग्यारेजमा मर्मत गर्न राखिएका मोटरसाइकलका पार्ट्सहरु, लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका सामानहरु जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका(२ बागेश्चरी मन्दिरस्थित जाजरकोट कुशे गाउँपालिका-४ घर भएका रंगलाल जैसीको मिराज सुमार्ट जुत्ता पसलमा शुक्रबार राति आगलागी हुदाँ पसल तथा पसलमा रहेका जुत्ता लगायतका सामानहरू जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण हाल खुल्न सकेको छैन ।

सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-८ जोगिनिया बस्ने विद्यानन्द कामतको गोठघरमा बालेको घुरबाट गएराति आगलागी हुँदा गोठघरसँगै टाँसिएको विजय कामतको घरमा समेत आगलागी फैलिएर दुबैजनाको गरी करिब ७ लाख ३० हजार रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु