काठमाडौं । तनहुँ, भिमाद नगरपालिका-५ मिछलुङ मडुवास्थित सडकमा ग.३ च २१२९ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर शुक्रबार राति दुर्घटना हुँदा गाडी चालक स्याङ्जा हरिनास गाउँपालिका-५ बस्ने ४२ वर्षीय केस बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषा, मिथिला नगरपालिका-९ ढल्केवरस्थित सडकमा ज.१ च ९८३ नम्बरको पिकअप र प्र.३-०२-०१ प १४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका-१० घर भएका २६ वर्षीय नवल कुमार केवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, कन्काई नगरपालिका-४ माईपूलस्थित सडकमा प्रदेश ०३-००१ क ००९१ नम्बरको टिपर र प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका-५ बस्ने ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनको श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु