काठमाडौं । चितवन, ईच्छाकामना गाउँपालिका-४ कुरिनघाटस्थित सडकमा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने २८ वर्षीय आकाश बिक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-१६ संगम चोक बस्ने ५८ वर्षीय टिका बहादुर कुँवर आफ्नै घरको सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ जमुनीस्थित ऐलानी गाउँ बस्ने २८ वर्षीय तिर्थराज ज्ञवाली आफ्नै घर नजिक खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित पोखरीमा डुबेर सोही ठाउँस्थित तिलक बहादुर योञ्जनको घरमा काम गर्ने बर्दिबास नगरपालिका-६ घर भएका ४५ वर्षीय रत्न बहादुर रानाको गएराति मृत्यु भएको छ ।

उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु